कर्पोरेट

गोर्खा ब्रुअरी, तामासेक र लोटस लाइफको २० करोड स्वास्थ्य सामग्री सहयोग

इकागज |
जेठ ५, २०७८ बुधबार १६:२८ बजे

काठमाडौँ : गोर्खा ब्रुअरी, तामासेक फाउन्डेसन सिंगापुर र लोटस लाइफ फाउन्डेसन सिंगापुरको संयुक्त सहयोगमा कोभिड उपचारको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । 

सिंगापुरस्थीत तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसन तथा गोर्खा व्रअरी प्रालीको संयुक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्नेतथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने भेन्टिलेटर्स, बाइप्याप मेसिन, पल्स अक्सिमिटर, फर्टिट्युड किट र स्वाबलगायत २० करोड भन्दा बढी रकमको विभिन्न स्वास्थ्य सामग्रीहरू नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सहयोग प्रदान गर्ने भएको छ । 



Author

थप समाचार
x