कर्पोरेट

निम्बसले प्रो-टेक्टको मास्क र स्यानिटाइजर सहयोग गर्ने

इकागज |
जेठ ५, २०७८ बुधवार १६:५२ बजे

काठमाडौँ : निम्बसले आवश्यक परेको ठाउँमा प्रो-टेक्टको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ । सबैभन्दा आवश्यक रहेको ठाउँहरु – अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकायलाई प्राथमिकतामा राखेर यस कम्पनीले मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको हो ।

यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवा डब्लूडब्लूडब्लू डट निम्बरबजार डट कम मार्फत सम्बन्धित स्थानमा पुर्‍याउने छ । निम्बसले अहिले नै शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अपठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकद्वारा संचालित संगठन, हार्टबिटलाई मास्क वितरण गरिसकेको छ ।

निम्बसका प्रबन्ध निर्देशक, आनन्द बगरियाले भने, ‘हाम्रो सुरक्षाका निम्ति यस महामारी विरुद्ध लड्ने सबै प्रति हामी भित्रै देखि कृतज्ञ छौँ । विश्वले भोगिहेको यो कठिन चुनौतीलाइ हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुन्छ । यसका निम्ति हामी विभिन्न संगठनहरु र सरकारसँग सहकार्य गरेर सहयोगबाट वञ्चितहरुलाई सहायता गर्न चाहन्छौँ ।’ 



Author

थप समाचार
x