नबिल बैंकको वेबसाइटमार्फत नबिल आइकार्डको निवेदन गर्न पाइने
काठमाडौँ : नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल आइकार्ड को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । यस नया“ सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक बर्गहरुले आफै बैंकको वेबसाइटमा ‘नबिल आइकार्ड’ सेक्सनमा गई ‘अप्लाइ नाउ’ विकल्प छानि नबिल आइकार्डको लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।
यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैस“ग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्ıमा सम्पर्क गर्न सक्नेछन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आङ्खनो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नया“ सुबिधा ल्याएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया