कर्पोरेट

चेम्बरले सरकारी अस्पताललाई दियो स्वास्थ सामग्री

इकागज |
जेठ ५, २०७८ बुधबार १७:२६ बजे

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गरेको छ । अस्पतालका तर्फबाट डा.राजेश शाहले ती सामाग्रीहरु ग्रहण गरे । 

चेम्बरबाट विगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको शाहले स्मरण गरे । चेम्बरका अध्यक्ष मल्लले त्रिवि शिक्षण  अस्पतालको आकस्मिक कक्षलाइ पनि स्वास्थ सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । त्रिवि शिक्षण  अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री ग्रहण गरेका थिए । त्यसै गरी चेम्बरका अध्यक्ष मल्लले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गोंगबुको लागि पनि स्वास्थ सम्बन्धी सामाग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तीनाथ शाखीलाइ हस्तान्तरण गरे । 


ती सामाग्रीहरुमा पिपिइ सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल छन् । अध्यक्ष मल्लले चेम्बरले केही दिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर उपलब्ध गराइने तयारी हुंँदै गरेको बताए । 


Author

थप समाचार
x