कर्पोरेट

नेपाली बजारमा अब बोट ब्राण्डका तीन नयाँ प्रोडक्ट

दराजमा केही दिनका लागि आकर्षक छुटको साथमा

इकागज |
असार ३१, २०८० आइतबार १९:७ बजे

काठमाडौँ– इम्याजिन मार्केटिङ लिमिटेड, भारतको वायरलेस हियरेबल ब्रान्ड ‘बोट’को दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएको छ ।

बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ ( नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’ मोडेलका स्मार्टवाच ल्याएको हो । 


उक्त उपकरण साउन एक देखि दराज लगायत अन्य रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

स्टोन १९०

ब्लुटुथ ५.० भर्सन भएको स्टोन १९० स्पिकरको मूल्य कम्पनीले दुई हजार ६९९ रुपैयाँ तोकिएको छ । 

स्टोर्म कल  

कम्पनीले नेपालमा सार्वजनिक गरेको अर्को प्रडक्ट स्टोर्म कल स्मार्टवाचकाे मूल्य चार हजार ४९९ रुपैयाँ तोकिएको छ । 

वेभ बिट 
बोटले नेपाली बजारमा वेभ बिट स्मार्टवाच पनि सार्वजनिक गरेको छ । फिटनेस ट्रयाकर उक्त स्मार्टवाच वेभ बिटको मूल्य तीन हजार ४९९ रुपैयाँ तोकिएको छ ।

दराजका आकर्षक अफरहरू 

स्मार्टवाच श्रावण १ गते १२ बजेबाट दराजमा सार्वजनिक हुने भएका छन् । नेपालका लागि बोटको आधिकारिक बिक्रेता टेलिटक प्रालिले सार्वजनिक गर्दै यसका लागि विशेष अफरहरू ल्याएको छ । 

यस अन्तर्गत लाइभ भइसकेपछि पहिलो पटक ती प्रडक्ट खरिद गर्ने ३३ जना सेवाग्राहीलाई स्टोन १९० स्पिकर मात्र एक हजार ९९९ रुपैयाँ, वेभ बिट स्मार्टवाच मात्र दुई हजार ९९९ र स्टोर्म कल स्मार्टवाच मात्र तीन हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । 

त्यस्तै सोमबार दिउँसो १२ बजे दराजको लाइभ सेसनमा ‘फास्टेस्ट फिङ्गर फ्रस्ट’ भन्ने अफर अन्तर्गत छनोट भएका पाँच जनाले तीन हजार ४९९ पर्ने ‘वेभबिट’ स्मार्टवाच मात्र ३४ रुपैयाँमा पाउनेछन् । 

उक्त अफरमा सहभागी हुनका लागि १२ बजे हुने दराजको लाइभ सेसनमा सहभागी हुने पर्ने छ ।

उक्त लाइभ सेसनमा  तीन हजार ४६५ रुपैयाँको डिस्काउन्ट भौचरहरू फ्लाश हुने छन् भने ग्राहकहरूले उक्त भौचरको प्रयोग गरेर तीन हजार ४९९ पर्ने ‘वेभबिट’ स्मार्टवाच मात्र ३४ रुपैयाँमा खरिद गर्न सकिन्छ । 

Daraz Page Link: https://www.daraz.com.np/shop/teletalk/ 
Daraz live session link: https://click.daraz.com.np/e/_CUfwba 


Author

थप समाचार
x