कर्पोरेट

मुक्तिनाथ विकास बैंकको मिस्ड कल बैंकिङ सेवा सुरु

इकागज |
जेठ ६, २०७८ बिहीबार १६:८ बजे

काठमाडौँ : मुक्तिनाथ विकास बैंकले ग्राहकहरूको सुविधाको लागि मिस्ड कल बैंकिङ सेवा सञ्‍चालनमा ल्याएको छ । ग्राहकहरुले यस मिस्ड कल बैंकिङ सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाबारे सजिलै जानकारी लिन सक्नेछन् । यो सुविधा लिन ग्राहकहरूले निम्‍न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समयभित्र मिस्ड कल गर्नुपर्ने छ र केहि समयमै बैंकबाट ग्राहकहरूको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिनेछ ।

यसै गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा गर्ने जस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 



Author

थप समाचार
x