कर्पोरेट

कोभिड–१९ नियन्त्रणका लागि जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजको २ करोड सहयोग

इकागज |
जेठ ८, २०७८ शनिबार २०:४९ बजे

काठमाडौंँ : सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोभिड–१९ प्रभावित लक्षित समुहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आइसीयू (सघन उपचार कक्ष) लगायत अन्य स्वास्थ्य सामाग्री खरिदको लागि जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिज पछिल्लो दुई सातामा दुई करोड रुपैयाँको प्रत्यक्ष अनुदान प्रदान गरेको जनाएको छ । 

कम्पनीले अक्सिजन प्लान्ट र आइसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई एक करोड पैत्तीस रुपैयाँ सहयोग दिएको थियो । त्यस्तै, प्रदेशहरूमा सामुदायिक समूहको प्रयासको लागि सहयोग स्वरुप पचहत्तर लाख प्रदान गरिएको कम्पनीले उल्लेख गरेको छ । यो सहयोगबाट हाइ फ्लो क्यानुयल्स भेन्टिलेटर खरिद गरिने तथा वीरगञ्ज महानगरपालिकामार्फत् कोभिड–१९ अस्पताल स्थापनाका लागि सहयोग पुर्‍याइने उल्लेख छ । त्यस्तै कम्पनीले ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरु मार्फत संचालित आईसोलेसन सेन्टरका लागि उपकरण र सामाग्री खरिदमा उक्त सहयोग मध्येबाट केही रकम खर्च हुनेछ भने विराटनगरमा आईसोलेसन सेन्टर संचालनको लागि रोटरी क्लब अफ विराटनगरलाई सहयोग दिइएको छ । यसका अरिरिक्त रोटरी क्लब विर्तामोड, धनगढी तथा भैरहवा र लायन्स क्लव बुटवलमार्फत रुपन्देहीमा अक्सिजन र आइसोलेसन सेन्टरका लागि उपकरण खरिदमा सहयोग परिचालन गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजका अध्यक्ष विजय कुमार शाहले मानवीय धर्म स्वरुप उक्त सहयोग प्रदान गरेको कम्पनीले जनाएको छ । शाह गत वर्ष सबैभन्दा बढी आयकर तिर्ने नेपालीका रूपमा सम्मानित पनि भएका थिए । 


Author

थप समाचार
x