कर्पोरेट

कोभिड रोकथाम र नियन्त्रणमा शारदा ग्रुपको सहायता

इकागज |
जेठ ९, २०७८ आइतबार १३:११ बजे

काठमाडौँ : शारदा ग्रुप तथा यस अन्तर्गतका लगानी भएका कम्पनीहरुले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सहायता दिएको छ । कम्पनीले आफ्नो व्यावसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेकोे हो । 

दुहबी नगरपालिका अन्र्तगत ३० बेडको आइसोलेसन सेन्टर र १५ बेडको आइसियू भएको कोभिड अस्पताल सञ्चालनका लागि सम्पूर्ण बिरामीहरुको लागि निशुल्क अक्सिजन र निशुल्क औषधी उपलब्ध गराउने जिम्मेवारी लिएको छ । साथै बिरामीहरुको लागि निःशुल्क प्याकेट फुड र बिरामी कुरुवाहरुको लागि निःशुल्क भोजनको समेत व्यवस्था गरेको छ ।

काठमाडौँमा यस ग्रुपले नेपाल उद्योग परिसंघ मार्फत अक्सिजन प्लान्ट सञ्चालनको लागि सहयोग गर्नुका साथै माडवारी सेवा समिति अन्र्तगत गौशाला रहेको ५१ बेडको आइसोलेसन सेन्टर सञ्चालनको लागि ४ लाख नगद का साथसाथै बिरामीहरुलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको छ ।

लाहान नगरपालिकामा भर्खरै बनेको २५ बेडको आइसोलेसन सेन्टरलाई निःशुल्क औषधी र निःशुल्क अक्सिजन उपलब्ध गराउने पूर्ण रुपमा जिम्मेवारी लिएको छ । साथै कोभिडका बिरामीहरु र बिरामी कुरुवाहरुका लागि निःशूल्क भोजन उपलब्ध गराउनका लागि समेत पहल गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

यस ग्रुपको समेत लगानी रहेको शिवम् सिमेन्ट र होङ्सी शिवम् सिमेन्ट कम्पनीहरुले समेत ब्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कामहरु गरिरहेका छन् । होङ्सी शिवम् सिमेन्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ भने शिवम् सिमेन्टले मकवानपुरमा रहेको अस्पतालमा आइसियू र आइसोलेसन सहितको कोभिड सेन्टर को लागि ३५ थान बेड उपलब्ध गराएको र बिरामीहरुको लागि निःशुल्क अक्सिजन र औषधी उपलब्ध गराइरहेको छ ।



Author

थप समाचार
x