कर्पोरेट

अफरसहित पोको एफ थ्री नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

इकागज |
जेठ ११, २०७८ मगलवार १६:२४ बजे

काठमाडौँ :स्मार्टफोन ब्रान्ड पोकोले मंगलबार नेपालमा आफ्नो स्मार्टफोन पोको एफ थ्री सार्वजनिक गरेको छ । पोको एफ थ्रीमा शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यू रिफ्रेस रेट एमोलेड स्क्रिन छ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘पोकोमा हामी हाम्रा फ्यानहरुको लागि उत्तम टेक्नोलोजी ल्याउनमा केन्द्रित छौँ । पोकोका उत्पादनहरूले नेपालमा देखेको जबरदस्त प्रतिक्रिया हाम्रो उपभोत्ताहरुको हामी माथिको विश्वासको आधार हो ।’ 

पोको एफ थ्री क्वालकम स्न्यापड्रागन ८७० फाइभजी मोबाइल प्लाटफर्म र ६.६७ ई ४ एमोलेड डट डिस्प्ले १२० एच रिफ्रेस रेटको साथ साथै डोल्बी एटमोस अडियो छ । शक्तिशाली स्लीम र लाइट रहेको पोको एफ ३ हाई–एन्ड फ्ल्यागसिपमा उपलब्ध  छ ।”

क्वालकम स्न्यापड्रागन ८७० ५ जी मोबाइल प्लाटफर्म पोको एफ थ्री ब्रान्ड सबैभन्दा शक्तिशाली उपकरणको साथ स्न्यापड्रागन ८७० फाइभजी मोबाइल प्लाटफर्म द्वारा सञ्चालित बिग लिगको स्मार्टफोनमा पर्दछ । यस उपकरणले ३.२ गिगाहट्र्जको उपग्रेडेड क्वालकम काइरो ५८५ सिपियु प्राइम कोर क्लक स्पीड प्रदान गर्दछ जुन उद्योगको अग्रणी प्राइम कोर क्लक स्पीड हो । पोको एफ ३ को १२० हट्र्जको हाई रिफ्रेस रेटले ६.६७ इन्चको ठूलो एमोलेड डिस्प्लेमा गेम खेल्दा मज्जा आउने कम्पनीको दाबी छ । 

पोको एफ थ्रीको एआई ट्रिपल क्यामेरा सेटअप,नयाँ क्यामेरा सुविधाहरुले फोटोग्राफी स्कील्सहरुलाई बढाउन मद्दत गर्दछ । रियर क्यामेरामा ४८ एमपीको मेन क्यामेरा छ जुन १.६ माइक्रोमिटर ४–इन–१ लार्ज पिक्सेल, ११९ डिग्री अल्ट्रा–वाइड लेन्स र ५ एमपीको टेली म्याक्रो क्यामेराको साथ उपलब्ध छ जसले ३ सेन्टिमिटर–६ सेन्टिमिटरको अटोफोकस गर्छ । २० एमपी फ्रन्ट क्यामेराले नाइट मोड सेल्फी लिन बेलामा मद्दत पुर्‍याउँछ ।

पोको एफ थ्री तीन वटा कलर भ्यारियन्टः आक्ट्रिक वाइट, नाइट ब्ल्याक र डीप ओसिन ब्लु रङमा अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा मे ३० बाट उपलब्ध हुनेछ ।

६ जीबी+१२८ जीबीको भेरियन्टको यो स्मार्टफोनको मूल्य ४६ हजार नौ सय ९९ रुपैयाँ र ८ जीबी+२५६ जीबीको भेरियन्टलाई ५१ हजार नौ सय ९९ रुपैयाँ कायम छ । 
पोको नेपालले जुन ३० भन्दा अघि पोको एफ ३ खरीद गर्ने उपभोक्ताहरुलाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्ने बताएको छ ।



Author

थप समाचार
x