कर्पोरेट

ओपोको पान-ईन्डष्ट्री ईको रेटिङ लेबलिङ स्किमको पार्टनर

इकागज |
जेठ १३, २०७८ बिहीबार १८:२५ बजे

चीन : ओपोले आफ्नो मिसन ‘टेक्नोजी फर म्यानकाइन्ड, काईन्डनेस फर दि वर्ल्ड’ अन्तर्गत नयाँ कदम चाल्दै दिगो भविष्यको आशाका साथ अग्रणी अपरेटर्सद्वारा सञ्‍चालनमा ल्याइएको पान-ईन्डष्ट्रि ईको रेटिङ लेबलिङ स्किमको पहिलो मध्यको पार्टनरको सूचीमा परेको छ । सन् २०२१ जुनदेखि यो स्किम यूरोपभर लागू गरिने कम्पनीले जानकारी दिएको छ । यसले उपभोक्तालाई वातावरण सुरक्षा तथा दिगोपनका बारेमा सचेतना जगाउँदै सर्वाधिक टिकाउ स्मार्टफोनहरुबीच तुलना र पहिचान गर्न सघाउने उल्लेख छ ।

यूरोपका पाँच अग्रणी मोबाइल अपरेटर्स डच टेलिकम, अरेन्ज, टेलिफोनिका, टेलिया कम्पनी र भोडाफोनद्वारा संयुक्तरुपमा ईको रेटिङ ईनिसिएटिभ सञ्चालनमा ल्याएका हुन् । यसको मूल उद्देश्य स्मार्टफोन तथा फिचरफोनको उत्पादन, प्रयोग, परिवहन र डिस्पोजलले पार्ने वातावरण माथिको असरका बारेमा सही र सटिक जानकारी उपलब्ध गराउनु हो ।

यस पहलको समर्थनका लागि ओपोले पहिलो मध्यकै एक सहभागी बन्दै समानान्तर मूल्यांकनको तरिका अवलम्बनका लागि सल्लाह सुझावका साथै डाटापनि उपलब्ध गराएको छ । प्रक्रिया अन्तर्गत विस्तृत मूल्यांकन मार्फन हरेक स्मार्टफोन ह्याण्डसेटलाई तिनले आफ्नो जीवनचक्रका दौरान प्रदर्शित गर्ने वातावरणिय परफरमेन्सका आधारमा पूर्णांक १०० मध्यबाट ईको रेटिंग स्कोर प्रदान गरिन्छ । उपकरणलाई दिइने ईको रेटिंग लेबलले टिकाउपन, मर्मत योग्यता, रिसाइकलेबिलिटी, क्लाइमेट ईफिसियन्सी र रिसोर्स ईफिसियन्सी गरी ५ पक्षको प्रतिनिधित्व गर्छ ।



Author

थप समाचार
x