कर्पोरेट

कुमारी बैंकले दसैंको टीका अघि नै दक्षिणा दिने

इकागज |
असोज २३, २०८० मंगलबार ११:११ बजे

काठमाडौं– कुमारी बैंक लिमिटेडले नेपालीहरुको चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित ‘टीकाअघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।     

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘टीका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०/ ५० जनालाई बैंकद्वारा २५%  अधिकतम ५०१ रुपैयाँसम्म क्यास ब्याक दिइने छ ।


चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८ देखि कात्तिक ५ गतेसम्म लागू हुने जनाएको छ ।
 


Author

थप समाचार
x