कर्पोरेट

कोभिड अस्पतालमा राउन्ड टेबल नेपालको सहयोग

इकागज |
जेठ १६, २०७८ आइतबार १२:४७ बजे

काठमाडौँ : राउण्ड टेबल नेपालले ‘प्रोजेक्ट लाइफ लाइन’ सुरु गरेको छ । जस अन्तर्गत विभिन्न अस्पतालहरूमा कोभिड- १९ बाट संक्रमित गम्भीर बिरामीहरूको उपचारमा आवश्यक बाइप्याप र एचएफएनसी जस्ता उपकरणहरू सहयोग गरेको  छ ।  यसले आर्थिक अवस्था कम्जोर भएका कोभिड- १९ का बिरामीहरूलाई धेरै सहयोग पुग्‍ने विश्वास राउण्ड टेबल नेपालले लिएको छ।  

बाइप्याप भेन्टिलेसन, थेरापीको एउटा प्रकार हो जसले कोभिड- १९ बाट संक्रमित गम्भीर बिरामीहरुलाई सास फेर्न सहज बनाउछ।  वर्तमान अवस्थामा यस उपकरणको चरम अभावले दैनिक दर्जनौं मानिस मृत्युसँग लडी रहेका छन् । यी उपकरणहरूलाइ देशका सबै जसो अस्पतालको अवस्था बुझी चरम अभाव र आवस्यकता भएका ठाउँहरुमा वितरण गरिएको हो । राउण्ड टेबल नेपालले २५ वटा उपकरण वितरण गरिसकेको छ जसको सरदर मूल्य २५ लाख रुपैयाँ पुगेको छ । 

यी ठाउँहरूमा निशुल्क बाँडिएको
१ दुनै जिल्ला अस्पताल, डोल्पा - १ 
२ गमगढी जिल्ला अस्पताल, मुगु - १ 
३ कालिकोट जिल्ला अस्पताल -  १ 
४ हुम्ला जिल्ला अस्पताल -  १ 
५ जाजरकोट जिल्ला अस्पताल -  १ 
६ भीमा अस्पताल, भैरहवा -  १  
७ सिद्धार्थ महिला तथा बालबालिका अस्पताल, बुटवल -  २ 
८ पाटन अस्पताल - २ 
९ सेती प्रदेशीय अस्पताल, धनगढी  -  २ 


बाइप्याप उपकरण फिर्ता गर्ने शर्तमा दिइएको
१ शसस्त्र प्रहरी बल अस्पताल  ५ 
२ नेपाल प्रहरी अस्पताल  ५ 
३ जे एंड जे क्लिनिक  १ 
४ बिर अस्पताल  २ 


Author

थप समाचार
x