कर्पोरेट

मंगलमले केभिडबाट निधन भएका कर्मचारीका परिवारलाई १ वर्षको तलब दिने

इकागज |
जेठ १६, २०७८ आइतबार १२:४७ बजे

काठमाडौँ : मंगलम पाइप्सले आफ्ना हरेक देहान्त भएका कर्मचारीहरुका श्रीमान र श्रीमती वा परिवारलाई कर्मचारीको आगामी १२ महिनाको तलव उपलब्ध गराउने भएको छ ।

मंगलम इन्डष्ट्रिज प्रालिले मंगलम केयर नामक आहवान्को सुरुवात गरेको हो । मंगलम इन्डष्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, ‘मंगलम पाइप्सको लागि आफ्नो कर्मचारीहरू नै पहिचान र शक्तिहुन्। मंगलम पाइप्सको प्रारम्भिक दिनहरु देखि नै आफ्नो कर्मचारीहरुको स्वास्थ्य र सुरक्षा सबैभन्दा प्राथमिक र अत्यन्तै महत्त्वपूर्ण विषय रहेको छ। हामी आशा गर्दछौँ मंगलम पाइप्सको यो सानो प्रयासले उहाँहरुको जीवन अघि बढाउन केहि मद्दत पुर्‍याउने छ । हामी हाम्रा सबै कर्मचारी र उहाँहरूको परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामनागर्न चाहन्छौं ।'



Author

थप समाचार
x