कर्पोरेट

ज्यास्मिन हाइजिनले ल्यायो स्यानिटरी प्याड इन्सिनेरेटर मेसिन

इकागज |
जेठ १८, २०७८ मगलवार १५:५१ बजे

काठमाडौँ : ज्यास्मिन हाईजीनले सेफ्टी इन्सिनेरेटर मेसिन  बजारमा ल्याएको  छ । यो मेसिनले एक दिनमा १०० प्याड सम्म डिस्पोज गर्न सक्दछ । यो  मेसिन विद्युतबाट सञ्चालित हुन्छ  र प्रयोगकर्ता मैत्री पनि छ ।  जब प्रयोगमा आउँदैन यो मेसिन स्वचालित रूपमा बन्द हुने बिक्रेताले जनाएको छ ।  यसमा  खरानी सफा गर्ने  ट्रे  समेत समाबेश छ ।  यसले  ब्याक्टेरिया र  गन्ध समेत हटाउँदछ । यसबाट आउने  खरानी  जुन मलको रूपमा समेत प्रयोग गर्न सकिन्छ र यो  पानीमा सजिलैसँग घुल्ने गर्दछ ।

‘नेपालमा सेनेटरी प्याडको प्रयोग बिस्तारै बढ्दैछ र प्रयोग भएका सेनेटरी प्याडको उचित व्यवस्थापन गर्नु सधै एउटा समस्याको बिषय  हो । ती समस्याहरुलाइ बुझेर हामीले सेफ्टी सेनेटरी प्याड इन्सिनेरेटर ल्याएका छौं,’ ज्यास्मिन हाइजीनका प्रबन्ध निर्देशक पुनित सारदाले भने ‘जसले सेनेटरी फोहोरलाई जलाउँछ र वातावरणीय फोहोरलाई न्यूनीकरण गर्छ ।’ 


यो मेसिन स्कूल, सरकारी तथा कर्पोरेट कार्यालयहरू, सपिङ्ग मल लगायत सार्वजनिक शौचालयहरूमा समेत यसलाइ सजिलै राख्न सकिने बताएका छन् । 
ज्यास्मिन हाईजीनले हालसालै सेफ्टी सेनेटरी प्याड भेन्डिङ  मेशीन पनि ल्याएको थियो जसबाट आवश्यक परेको समयमा किराना पसल  वा फार्मेसीमा गए बिना नै सहज रुपमा स्यानेटरी प्याडको प्रयोग गर्न सक्ने पहुँच बनाएको छ  ।  कार्ड वा  सिक्काको प्रयोग बाट सजिलै  मेसिनबाट सेनेटरी प्याड  प्राप्त गर्न सकिन्छ ।


Author

थप समाचार
x