कर्पोरेट

मंगलममा दर्ता भएका प्लम्बरलाई पीसीआर परीक्षणमा ५० प्रतिशत छुट

इकागज |
जेठ १९, २०७८ बुधबार १२:५४ बजे

काठमाडौँ : मंगलम इन्डष्ट्रिज प्रालिले प्लम्बरहरू लक्षित अफर ‘मंगलम केयरः पीसीआर जाँच, मंगलमको साथ’ सुरु गरेको छ । मंगलमले आफ्नो दर्ता गरिएको प्लम्बरलाई असार मसान्तसम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजीटीभ आएकोमा पाँच हजार रुपैयाँ औषधी खर्च व्यहोर्ने भएको छ ।

‘मंगलम पाइप्सको लागि प्लम्बरहरु टेक्निसियन मात्र नभएर हाम्रो परिवार पनि हुन् । उहाँहरू हाम्रो संस्थाको अभिन्‍न अंगभएको कारणले उहाँहरूको स्वास्थ र सुरक्षा हाम्रो प्राथमिकता र जिम्मवारी पनिहो। हाम्रो यो सानो प्रयासले उहाँहरूलाई पीसीआर जाँच गर्न  र औषधि उपचार गर्न केहि हदसम्म सहज हुन्छ भन्‍ने विश्वास गरेका छौँ,’ मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने ।



Author

थप समाचार
x