'भिजा पार्टनरसिप' अवार्डबाट 'आइएमई पे' सम्मानित
काठमाडौँ- नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे' 'भिजा पार्टनरसिप' अवार्डबाट सम्मानित भएको छ । काठमाडौँमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा 'आइएमई पे'लाई 'एक्सिलेन्स इन फिनटेक पार्टनरसिप' अवार्डबाट सम्मानित गरेको हो ।
यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टतामार्फत वित्तिय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि 'आइएमई पे' र भिजाबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्ने जनाएको छ । 'आइएमई पे'ले हाल भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया