सामसङको ग्यालेक्सी ‘ए०५’ र ‘ए०५एस’ बजारमा आउँदै
काठमाडौँ- सामसङको अत्यन्त प्रिय र मागमा रहने ग्यालेक्सी ए सिरिजमा यो डिसेम्बर महिनामा थप २ नयाँ सदस्यहरू ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस थपिने भएको छ । अधिक सुलभ मूल्य र अभूतपूर्व विशेषताहरूले भरिएको यी नयाँ मोडलहरूले आफ्ना प्रयोगकर्ताहरूलाई पक्कै पनि खुसी तुल्याउनेछ र नेपाली बजारमा तहल्का मच्चाउनका लागि पूर्ण रूपमा तयार रहेका छन् ।
यी नयाँ मोडलहरूको उपलब्धता संगसंगै सामसङको इन्ट्री-लेभलका फोनको समूहले बहु प्रतिक्षित अपडेट प्राप्त गर्नेछ ।
ग्यालेक्सी ए०५ मा २ प्रकारको मेमोरी ४/६४ जिबि र ६/१२८ जिबि रहनेछन् र ग्यालेक्सी ए०५एस मा ४/१२८ जिबि र ६/१२८ जिबि मेमोरी भरिएन्तहरू रहनेछन् । यी नयाँ प्रस्तुत गरिएका दुवै ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस मा क्रमशः ६.७ इन्च र ६.७२ इनचको स्क्रिनहरूसहितको ५० एमपि प्राइमरी क्यामरा जडित छन् । दुवै नयाँ स्मार्टफोनहरूले अतिरिक्त स्टोरेज विकल्पसहितको माइक्रो एसडिका साथ १ टिबि बाह्य मेमोरीलाई समर्थन गर्नेछन्, जसको कारण प्रयोगकर्ताहरूले उनीहरूले क्याप्चर गरेका सबै मेमोरीहरू र स्टोरीहरूलाई सजिलै सुरक्षित राख्न सक्दछन् ।
ग्यालेक्सी ए०५ मा भएको अद्भूत ५० एमपि क्यामरालाई पछाडीपट्टि २ एमपिको देप्थ लेन्स र अगाडि पट्टि ८ एमपि क्यामराले साथ दिएका छन् । ग्यालेक्सी ए०५एसको कुरा गर्ने हो भने यसमा भएको म्याक्रो लेन्स र अगाडि पट्टि १३ एमपि क्यामराका साथ २ एमपि क्षमतायुक्त अत्यन्त गहन सेन्सर भएको प्राइमरी क्यामराका साथ तिनवटा लेन्सयुक्त पछाडिको क्यामराबाट कुनै पनि पल क्याप्चर गर्न सक्नेछ । ग्यालेक्सी ए०५एस सम्पूर्ण नयाँ क्वालकोम स्न्यापड्रागन ६८० प्रोसेसरद्वारा सुसज्जित छ, जसले अत्यन्त उत्कृष्ट कार्य सम्पादनका साथ गेमिङ, अवलोकन र साझा गर्ने कार्यलाई निर्वाध तवरले चालु राखिदिन्छ । साथै ग्यालेक्सी ए०५एसमा तपाईंलाई थप सुविधा प्रदान गर्नका लागि साइड माउण्ट फिंगरप्रिन्ट सेन्सर पनि जडान गरिएको छ ।
यी दुवै नयाँ मोडलहरूमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको हुँदा बिना कुनै आशंका तपाईंलाई दिनभर काम गर्न र खेल्नको लागि पर्याप्त पावर प्राप्त हुनेछ । यी फोनहरूमा २५ वाटको ओरिजिनल एडप्टर पनि रहेको छ ।
सासमङ ग्यालेक्सी ए०५ आकर्षक कालो, हल्का हरियो र रजत रङ्गहरूमा उपलब्ध हुनेछन् र यसको बजार मूल्य ४/६४ जिबिको लागि ने.रु.१४,९९९/ र ६/१२८ जिबिको लागि ने.रु.१८,९९९/ कायम गरिने छ । यसैगरी ग्यालेक्सी ए०५ एस कालो, हल्का हरियो र हल्का बैजनी रङ्गहरूमा उपलब्ध हुनेछन् र यसको बजार मूल्य ४/१२८ जिबिको लागि ने.रु.२१,९९९/ र ६/१२८ जिबिको लागि ने.रु.२३,९९९/कायम गरिने छ ।
तपाईंले यी उत्कृष्ट नयाँ स्मार्टफोनहरू कुनै पनि अधिकृत सामसङ स्टोरहरूमा गई इन्स्टा फाइनान्स सेवाका साथ सजिलै सँग प्राप्त गर्न सक्नुहुन्छ । यो सेवाद्वारा झन्झट मुक्त ईएमआइमा ०% थपिएको इन्ट्रेस्टको साथ सजिलो प्रशोधन समावेश छ जसले तपाईंलाई तपाईंको मनपर्ने स्मार्टफोन एक घण्टा भित्र तपाईंको हातमा आउनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया