कर्पोरेट

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटको एकीकृत कारोबार शुभारम्भ

इकागज |
पुस २३, २०८० सोमबार २०:५२ बजे

काठमाडौँ- ​सनराइज क्यापिटल लि. र लक्ष्मी क्यापिटल मार्केट लि. एक आपसमा गाभिई आजबाट एलएस क्यापिटलको नाममा नेपालको एक मर्चेन्ट बैकिङ्ग कम्पनीका रूपमा एकीकृत कारोबारको शुभारम्भ भएको छ ।

एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी आज पुस २३ बाट आफ्ना समस्त ग्राहकलाई थप सशक्त रूपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ । आज कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछकुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका छन् ।


विगत तीन दशकदेखि पुँजी बजारको उत्थानमा समर्पित यस मर्चेन्ट बैंकले आफ्ना समस्त ग्राहक वर्गलाई उच्चतम सेवा उपलब्ध गराउँदै आइरहेको र दुई कम्पनी गाभिए पश्चात् नवीनतम् सेवा सुविधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको छ । मर्जर पश्चात् राजिव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् भने विजय लाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन् ।

साथै मर्जर पश्चात् कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरूको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवाहरूलाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलले लिएको छ ।

नेपालको पुँजी वजारमा ३ दशक लामो ऐतिहासिक सफलता बोकेको यस मर्चेन्ट बैंकको एकीकृत चुक्ता पुँजी मर्जर पश्चात् ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्कासन, ४१ वटा बोलपत्र मार्फत धितोपत्र निष्कासन र ५२ वटा शेयर प्रत्याभूति व्यवस्थापन गरिसकेको कम्पनीको रूपमा परिचय बनाउन सफल भएको छ ।

यसैगरी, ३०० जनाको करिब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन गरेको, ९ वटा म्युचुअल फण्ड व्यवस्थापन गरिसकेकोमा हाल १ खुल्लामुखी म्युचुअल फण्डसहित ७ वटा म्युचुअल फण्ड व्यवस्थापन गर्दै आइरहेको जस अन्तर्गत ७ अरबको सम्पत्ति व्यवस्थापन भइरहेको, एक विशिष्टीकृत लगानी कोष अन्तर्गत Private Equity Venture Capital Fund को रूपमा १ अर्ब बराबरको Laxmi Sustainable Energy Fund सञ्चालनमा रहेको, ३२ वटा कम्पनीहरूको शेयर रजिष्ट्रारको काम गरिरहेको र ३ लाख ३० हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ ।


Author

थप समाचार
x