कर्पोरेट

बिगमार्टमा ‘नेपाल पे क्युआर’ बाट भुक्तानी गर्दा १० प्रतिशत छुट

इकागज |
माघ १, २०८० सोमबार २१:२० बजे

काठमाडौँ- नेपाल पे क्युआरबाट स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्मको छुट प्राप्त गर्ने भएका छन् । सो अफर नेपालभरि रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरूमा माघ १ गतेबाट सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।

जाडो मौसमलाई लक्षित गर्दै बिगमार्टले ल्याएको उक्त ​योजनामा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा छुटसँगै थुप्रै आकर्षक पुरस्कारहरू रहेको जनाएको छ ।


यसैक्रममा जाडो मौसमलाई मध्यनजर गर्दै बिगमार्टले ल्याएको सो ‘विन्टर अफर’ हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरहरूमा उपलब्ध रहेका छन् । कम्पनीका अनुसार ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको मोबाइल बैंकिङ वालेटहरू वा कनेक्ट आइपिएस प्रयोग गरी नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने जनाएको छ ।


Author

थप समाचार
x