कर्पोरेट

प्लास्टिक रिसाइक्लिंग गर्ने कोका–कोलाको प्रतिवद्धता

इकागज |
जेठ २४, २०७८ सोमबार १२:५७ बजे

काठमाडौँ : एक भर्चुअल प्रेस सम्मेलनमा कोका–कोलाले नेपालमा वर्ल्डविदाउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाएको छ । कोका–कोलाले विश्वकै एक मध्यको सबैभन्दा ठूलो हिमाल सफाई कार्यक्रमको दोस्रो संस्करण ‘सफा हिमाल अभियान २०२१’ को समापनको घोषणा गरेको छ ।
२७,६७१ किलोग्राम फोहोर, ४ वटा मृत शरिर र एउटा मानव अवशेष सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र अमादब्लम जस्ता ६ वटा हिमालहरूबाट संकलन गरिएको छ र थप सेग्रिगेशन र रिसाइक्लिंगको लागि काठमाडौँमा ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको  थियो ।

‘नेपाली सेनाको नेतृत्वमा र नेपाली सरकारको पहलमा  सफा हिमाल अभियान २०२१ को २७.६ टनको फोहोर र चारवटा शवहरू विभिन्न हिमालहरूबाट निकालिएपछि सफलतापूर्वक सम्पन्न भयो । यो अभियान कोभिड–१९ महामारी र दुई वटा साइक्लोन टाउक्टे र यासको बावजुद सफल भयो । यो हाम्रो इन्भाइरोमेन्टल्ली रेस्पन्सिबल पार्टनरहरूको अटुट समर्थनका कारण सम्भव भएको हो,’ हिमाल सफा अभियानका निर्देशक, नेपाली सेनाका ब्रिगेडियर जनरल हिमांशु खड्कालाई उद्धृत गर्दै कोका–कोला उत्पादक बोटलर्स नेपाल लिमिटेड (बीएनएल)द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


भविष्यको लागि हिमालहरू संरक्षण गर्न सफा हिमाल अभियानलाई निरन्तर रुपले समर्थन गरेकोमा हामी कोका–कोला प्रति खड्काले आभार व्यक्त गरेका छन् ।नेपाली सेनाको नेतृत्वमा कोका–कोला र अन्य बहु–सरोकारवालाहरूको सहयोगमा रहेको अभियानको मूल उद्देश्य भनेको हिमालहरूको संरक्षण गर्नु र देशको ६ वटा उच्च चुचुराहरू सफा गरी जलवायु परिवर्तनको प्रभावलाई पनि कम गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ । ‘कोका–कोलाले नेपालको प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्देश्यले सन् २०१९  मा स्थापना भए देखि हिमालय सफाई अभियानलाई सहयोग गर्दै आएको छ,’ बीएनएलले भनेको छ । 

वर्ल्ड विदाउट वेस्ट कार्यक्रम सन् २०१८ मा लन्च गरिएको थियो । यो कार्यक्रमसन् २०३० सम्ममा सेल्सको १०० प्रतिशतको प्याकेजिङ्गको बराबरको संकलन र रिसायकल गर्ने कोका–कोलाको विश्वव्यापी प्रतिबद्धता हो । नेपालमा कम्पनीले स्थानीय पहुँचलाई प्रयोग गरेर विश्वव्यापी दृष्टिकोण र लक्ष्य हासिल गर्ने प्रयास गरिरहेको छ र हाम्रो बोटलिङ्ग पार्टनर, सरकार, गैरसरकारी संस्था, उद्योगका साथीहरू र स्थानीय समुदायहरूलाई डिजाइन–कलेक्ट–पार्टनर फ्रेमवर्क प्रयोग गरेर दीर्घकालीन साझेदारी निर्माण गर्न पहल गरेको छ । 

‘फोहोर व्यपस्थापनको क्षेत्रमा हामीले जिम्मेवारी व्यवस्थापनको चुनौतिलाई आवश्यक पर्ने गति प्रदान गर्न र पिईटी बोतलहरू रिसाइकल गर्न धेरै पहल गरेका छौँ । हिमाल सफाई अभियान र रणनीतिक स्थानहरूमा सूभनामूलक पिईटी संकलन बिनहरूको स्थापना जस्ता विभिन्न कार्यव्रmमहरू मार्फत हामीले समुदायमा फोहोर अलग्याउने, प्याकेजिंग र रिसाइक्लिंग सम्बन्धी जागरुकता सिर्जना गरेका छौँ,’ बीएनएलले दिगोपनका लागि गरेका प्रयासहरूको बारेमा बोल्दै बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भनेका छन्, ‘पिईटी फोहोरको रिसाइकलको समाधान खोज्न बहु–सरोकारवाला दृष्टिकोण अनुकरण गर्न कोका–कोलाले स्थानीय नगरपालिका, व्यवसायहरू, नागरिकहरू र फोहोर उठाउनेहरूसँग हातेमालो गरेको छ । कम्पनीले संकलन र रिसाइक्लिंग प्रणाली निर्माण र तीव्र गर्न लक्षित रहेको ग्लोबल इनिसिएटिभ्सबाट पाठ सिकेको छ र यसलाई नेपालको स्थानीय वातावरणमा अनुकूलित गरेको छ ।’

कोका–कोलाको साभेदारीले समुदायको नेतृत्वमा इन्टीग्रेटेड प्लास्टिक फोहोरको प्रबन्ध प्रणाली निर्माण गर्न, प्रभावकारी रिसाइक्लिंगलाई बढावा दिन र फोहोर उठाउने कामदार समुदायको उत्थान गर्ने काम भइरहेको बताइएको छ । 


Author

थप समाचार
x