कर्पोरेट

प्राइम बैंकको सञ्‍चालक समिति अध्यक्षमा श्रेष्ठलाई निरन्तरता

इकागज |
जेठ २४, २०७८ सोमबार १४:२४ बजे

काठमाडौँ : प्राइम बैंकको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठलाई निरन्तरता दिने निर्णय भएको छ । बैंकको जेठ १४ मा बसेको ४२२औँ बैठकले सञ्चालक समितिको सदस्यको पदावधि कायम रहेसम्म नै सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो । 

आईतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा गभर्नर महाप्रसाद अधिकारीबाट बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका लिए । यो समारोहमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बम बहादुर मिश्र, निर्देशकज्यूहरु एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको उपस्थिती थियो ।



Author

थप समाचार
x