नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा डल्फिन विटुमिन ब्राण्ड
काठमाडौँ- निर्माण सामग्रीहरूलाई नेपाली बजारमा बढावा दिँदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले नवौं संस्करणको 'नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी' बिहीबारदेखि आइतबारसम्म काठमाडौँस्थित भृकुटीमण्डपमा प्रदर्शनी भइरहेको छ ।
उक्त प्रदर्शनीको मुख्य आकर्षणको रुपमा एच.आर गोयल ग्रुपको विटुमिन स्टल नं. ०-०२३ रहेको छ । उक्त स्टलमा विटुमिनका साथै सडक निर्माण कार्यको लागि आवश्यक केमिकलहरू, माईक्रो सिलिका, MYK Armentका उत्पादनहरू, वाटर प्रुफिङ केमिकलहरू आदि प्रदर्शनीमा राखिएका छन् ।
बलियो र वर्षौसम्म टिक्ने सडक पिच गर्ने कार्यमा प्रयोग गरिने विश्व स्तरीय गुणस्तर भएको VG 10 तथा VG 30 क्वालिटीको डल्फिन ब्राण्डको विटुमिन नेपालमा एच.आर. गोयल ग्रूप अन्तर्गतको अरविन्द इम्पोरियम प्रा.लि.ले मात्र आयात गरी नेपालका विभिन्न स्थान र क्षेत्रहरूमा निर्माणाधिन कालोपत्रे गर्ने सडकका लागि अति आवश्यक पर्ने विटुमिनको आपुर्ति तथा बजारीकरण गर्दै आइरहेको जनाएको छ । डल्फिन ब्राण्डको विटुमिन नेपालमा अरविन्द इम्पोरियम प्रा.लि.ले आयात र बिक्री वितरण गर्दा आफ्नै अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरी उच्च गुणस्तरको विटुमिन मात्र बक्री वितरण गर्दै आइरहेको छ ।
विटुमिनका साथै एच.आर. गोयल ग्रुपले निर्माण कार्यमा प्रयोग हुने MYK Arment का विभिन्न उत्पादनहरूसमेतको आधिकारीक बिक्रेता रही नेपाली बजारमा बिक्री वितरण गर्दै आइहेको जनाएको छ । MYK Armentका उत्पादनहरू जसले विभिन्न ठूला निर्माण परियोजनाहरूमा संरचनाको आवश्यकताअनुसार High Grade concrete बनाउन, वाटर प्रुफिङ र ग्राउटिङ तथा सिमेन्टलाई छिटो सेट गराउनका लागि प्रयोग हुँदै आइरहेको छ ।
उक्त सामानहरूको बारेमा स्टल नं. ०-०२३ मा भिजिट गरी थप जानकारी लिन, सामानको अर्डर तथा बुकिङ गर्न समेत सकिने बताइएको छ । डल्फिन विटुमिनको डिपो नेपालका प्रमुख शहरहरू विराटनगर, वीरगञ्ज, भैरहवा तथा नेपालगञ्जमा रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया