कर्पोरेट

कोभिडको जोखिम कभर गर्ने भएपछि शिखर स्वास्थ्य बीमामा आकर्षण

इकागज |
जेठ २५, २०७८ मगलवार १९:५५ बजे

काठमाडौं : कोभिड १९ को दोस्रो लहरसँगै शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमाअन्तर्गत कोभिडको जोखिम समेत कभर हुने स्किमप्रति आकर्षण बढेको छ । 
गत साल बैशाखबाट सुरु भएको यो स्किमबाट कोभिड १९ का धेरै संक्रमितले हालसम्म राहत पनि पाइसकेका छन् ।

शिखरको यो स्वास्थ्य बीमा स्किमअन्तर्गतको सुविधा पाउन कोभिड १९ बाट बिरामी भएका बीमितहरुले कम्तीमा २४ घण्टा अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्छ । सो अवधिमा उपचारका दौरान अस्पतालमा लागेको सम्पूर्ण खर्चको भार शिखर इन्स्योरेन्सले व्यहोरिदिने भएकाले अहिलेको महामारीमा सर्वसाधरणलाई राहत मिलेको कम्पनीले बताएको । 

शिखरमा स्वास्थ्य बीमा गर्दा कोभिडको जोखिम पनि कभरेज हुने यो स्किम बीमा उद्योगकै पृथक स्किम पनि हो । यो स्किम खरीद गर्ने बीमितले ५० हजारदेखि १० लाख रुपैयाँसम्मको कोभिड उपचार सेवाअन्तर्गतको दाबीभुक्तानी समेत पाइसकेको कम्पनीले जनाएको छ । 

सरकारले ल्याएको कोभिड बीमाको स्किम असारबाट सकिने घोषणा भइसकेको अवस्थामा त्योभन्दा उत्तम स्किमको खोजी गर्नेहरुका लागि शिखरको स्वास्थ्य बीमा राम्रो विकल्प बन्नसक्ने कम्पनीले बताएको छ । शिखरको स्वास्थ्य बीमाको स्किमले कोभिडको मात्र नभई १ हजारभन्दा बढी रोगको जोखिमलाई समेत कभरेज गरिदिने गरेको छ । 
 
 



Author

थप समाचार
x