कर्पोरेट

टिभिएस एनटर्क १२५ स्कुटरको बिक्री १ लाख नाघ्यो

इकागज |
जेठ २६, २०७८ बुधबार १७:३१ बजे

होसुर : टिभिएस मोटर कम्पनीले टिभिएस एनटर्क १२५,जसको स्पोर्टी ब्लुटुथ जडान गरिएको स्कुटरले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिटको बिव्रmीको लक्ष्य पार गरेको छ ।

सन् २०१८ मा टिभिएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो । कार्यक्रममा बोल्दै टिभिएस मोटर कम्पनीका निर्देशक एवम् सीईओ के एन राधाकृष्णले भने, ‘हाम्रो स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख बिक्रीको लक्ष्य हासिल गरेकोमा हामी अत्यन्तै खुसी छौँ। यसको सुरुवात भएदेखि नै स्कुटरले विश्वव्यापी जेन जेड ग्राहकहरु बीच मनपर्दो बनेको थियो।’ 

नेपालमा टिभिएस एनटर्क १२५ को पहिलो पटक लन्च न्यासनल अटोमोबाइल डिलर एसोसिएशन(नाडा)अटो शोमा गरिएको थियो । त्यसबेला देखि नै यो स्कुटर नेपाली ग्राहकहरु बीच पहिलो रोजाई बन्न सफल भयो किनकि यो स्कुटर विशेष गरि युवाहरुका लागि डिजाइन गरिएको थियो र स्कुटर टिभिएस रेसिंग पेडेग्रीमा आधारित छ र स्टेट–अफ–आर्ट सीभीटीआई–आरईभीभी३ भल्भइन्जिनका साथ उपलब्ध छ । यस स्कुटरले विशेष टेक्नोलोजी प्ल्याटफर्म–टिभियस स्मार्ट कनेक्टको पनि लञ्च ग¥यो जसले यो स्कुटरलाई कनेक्टेड स्कुटरको रुपमा प्रतिष्ठित गराएको छ ।

जगदम्बा मोटर्सले नेपालमा एनटर्क रेस एडिसनको लन्च ग¥यो। रेस एडिसनमा एलईडी डीआरएल र अल–एलईडी हेडल्याम्प रहेको छ जसले रेगुलर ह्यालोजेन युनिट भन्दा राम्रो लाइट दिन्छ । 

नेपाली बजारमा एनटर्क १२५ तीन प्रकारमा उपलब्ध छ – रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसन । रेगुलर एनटर्क १२५ को मूल्य दुई लाख १८ हजार नौ सय  (ड्रम) र नेपाली दुई लाख ४५ हजार नौ सय (डिस्क), एनटर्क १२५ रेस एडिसनको मूल्य नेपाली दुई लाख ६१ हजार नौ सय रुपैयाँ र एफआईलाई नेपाली दुई लाख ७७ हजार नौ सय रुपैयाँ अनि एनटर्क सुपर स्क्वाड एडिसनको मूल्य दुई लाख ६६ हजार नौ सय रुपैयाँ छ ।

टिभियस एनटर्क १२५ तीनवटा भेरियन्ट–डिस्क,ड्रम र रेस एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक ब्लु को रंगहरुमा उपलब्ध छ । रेस एडिसन रेड–ब्ल्याक र पहेलो–ब्ल्याक रंगहरूमा उपलब्ध छ । 



Author

थप समाचार
x