कर्पोरेट

ओपोको नयाँ साइबरियल एआर एप्लिकेशन सार्वजनिक

इकागज |
जेठ २७, २०७८ बिहीबार १५:५४ बजे

शन्चन : ओपोले रियल-टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्यूटिङ प्रविधि सार्वजनिक गरेको छ । आफ्नै इन-हाउस एआई ईञ्जिनको प्रयोग मार्फत ओपोले आगुमेन्टेड रियालिटीलाई नयाँ उचाई प्रदान गरेको छ ।

ओपो साइबरियलले एआर निर्माणदेखि अनुभव लिने सम्म समग्र प्रक्रियामा विश्वसनियताका साथै सहजतापनि प्रदान गर्छ । ओपोले आफ्ना फ्ल्यागशिप स्टोर्स मार्फत सम्मोहक एआरको अनुभूति प्रदान गर्न थालिसकेको छ ।


डिजिटल विश्व निर्माण गर्ने परम्परागत तरिकाका लागि ब्यवसायिक उपकरण तथा विशिष्ट ज्ञानको आवश्यकता पर्छ । तर, ओपोको साइबरियल प्रविधिले यो प्रक्रियामा बृहत सहजता भ्यिाएको छ । पहिलो पटक ओपो स्टाफहरुले कुनै आधिकारिक प्रशिक्षण बिनै स्मार्टफोन मार्फत स्टोरका भित्री भागको प्रारम्भिक स्क्यानिङ तथा डाटा संकलन गरी डिजिटल प्रतिकृतिको निर्माण गर्न सक्षम भएको कम्पनीले जानकारी दिएको छ । 


Author

थप समाचार
x