कर्पोरेट

चौधरी फाउण्डेसनद्वारा १८ बेडको आइसीयु वार्ड वीर अस्पताललाई हस्तान्तरण

इकागज |
जेठ २७, २०७८ बिहीबार १७:४५ बजे

काठमाडौँ :   चौधरी फाउण्डेसनले देशकै जेठो अस्पताल, वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरि आज अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्‍याउन फाउण्डेसनले वीर अस्पतालमा आईसियू वार्ड निर्माण गरेको हो ।

चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमवीच कोभिड युनिफाईड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्रा.डा.जागेश्वर गौतमलाई आईसियू वार्ड हस्तान्तरण गरेका छन् । वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा नौं शय्या र दोस्रो तलामा नौं शय्याको गरि कुल १८ शय्याको आईसियू वार्ड निर्माण भएको हो । विश्व बजारमा उपलब्ध अत्याधुनिक प्रविधी प्रयोग गरेर आईसियू वार्ड निर्माण गरिएको फाउण्डेसनले जनाएको छ । 



Author

थप समाचार
x