'मनिग्राम'बाट पठाएको पैसा 'आइएमई पे'बाट झिक्दा पाँच सयसम्म बोनस पाउने
काठमाडौँ- डिजिटल वालेट आइएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेबाट सुरु भएको सो अफर दुई महिनासम्म रहने जनाएको छ ।
यस अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राममार्फत पठाएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ बोनससम्म पाउने जनाएको छ । मनिग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत पठाइएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ । आइएमई पेमार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया