नेपाली बजारमा होन्डाको एनएक्स २००, कति पर्छ मूल्य ?
काठमाडौँ- दुईपाङ्ग्रे सवारीसाधनमा नेपालमा सर्वाधिक बिक्री हुने होण्डाले आफ्नो नयाँ बाइक एनएक्स २०० नेपाली बजारमा भित्र्याएको छ । एनएक्स २०० बाइकलाई सिटी राइडिङ र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भनिएको छ ।
यसको 'अप-राइट पोजिशन' र टायरको 'टफ ट्रेड प्याट्रन'ले आरामदायी यात्रा सुनिश्चित गर्ने जनाएको छ । एनएक्स २०० मा उपलब्ध 'वाइण्ड भाइजर' र 'एलईडी विङ्कर' सहितको 'नकल कभर'ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ ।
'लिक्युइड क्लियर' डिजिटल मिटर र चालकलाई पायक पर्नेगरी चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि एनएक्स २०० को अरु थप उल्लेखनिय बिशेषता हुन् । एनएक्स २०० मा रहेको 'फ्रन्ट ए बी एस सिस्टम' र 'डूअल पेटल डिस्क ब्रेक'ले तपाईंलाई दिनेछ यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावस्यक हुन्छ ।
'पीजीएम एफआई सिस्टम'ले इन्धनको वचत गर्दै एकोहोरो जिन्दगीबाट पर कतै उमङ्ग खोज्न निस्कने भरपुर शक्ति पनि तपाईंलाई अवस्य दिने जनाएको छ । यसको शक्तिशाली ट्वर्क क्षमताले तपाईंलाई सहरी सयर सहज र लामो अफ्टेरो यात्रा पनि रोमान्चक लाग्ने छ ।
१० वर्षसम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङ्गहरूमा उपलब्ध एनएक्स २०० को सुरुवाती बिक्री मूल्य ४,७९,९०० मात्र तोकिइएको छ । कम्पनीले एनएक्स २०० को औपचारिक बिक्री वितरण यहि चैत १५, २०८० बाट सुरु गरिसकेको छ । होण्डाका सम्पूर्ण आधिकारिक विक्रेता कहाँ गएर या होण्डाको आधिकारिक वेबपेजमा गइ आजै एनएक्स २०० को खरिद या बुकिङ्ग पनि गर्न सकिने जनाएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया