म्यारियट होटेलले दियो चक्र स्मृति पाठशालाका विद्यार्थीलाई राहत
काठमाडौँ : म्यारियट होटलले कतार हर रोयल हाइनेस शेख आश्मा अल थानी र किवानीस इन्टरनेशनल नेपालको संयुक्त सहयोगमा सिएम पाठशालाका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री र सरसफाईका सामानहरु वितरण गरेका छन् ।
सिएम पाठशाला गोकर्णेश्वर, जोरपाटीमा अवस्थित एक सानो गैर–नाफामुखी संस्था हो जसले मजदुरुहरुको बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले हाल ५५ बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ ।
म्यारियट इन्टरनेशनलले विभिन्न ३६० कार्यव्रmमहरु म्यारियटकोे मार्गनिर्देशनको पालना गर्दै कामहरु गरिरहेको छ । म्यारियटको २०२५ सस्टेनेबिलिटी एण्ड सोसियल इम्प्याक्ट गोल्सको दायरामा रहेर काठमाडौँ म्यारियट हाम्रो समुदायमा सकरात्मक र दिगो प्रभावको सिर्जना गर्न प्रतिबद्ध रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया