कर्पोरेट

नेपाल विज्ञापन संघले एड-डे बनाउने

इकागज |
जेठ ३०, २०७८ आइतबार १३:४० बजे

काठमाडौँ : नेपाल विज्ञापन संघ (आन)ले स्थापना दिवस जेठ ३० गतेलाई 'एड˗डे'को रुपमा विविध कार्यक्रम गरि साता भरि नेपाली विज्ञापन सप्ताह मनाउने निर्णय गरेको छ ।  जेठ ३० देखि असार ७ सम्म 'एड˗डे' नेपाली विज्ञापन सप्ताह कार्यक्रम चल्ने भएको छ ।  जस अनुसार एड-डे को लोगो सार्वजनिक गर्ने छ । 

आन एड–डे विज्ञापन सप्ताह आयोजक उपसमितिका संयोजक तथा  आनका प्रथम उपाध्यक्ष सुदिप थापाले बताए । आनले सामाजिक दुरी कायम गर्दै, उच्च सावधानीका साथ, भिडभाड नगरी, सचिवालय शान्तीनगर, काठमाडौँमा जेठ ३० गते बिहान ११ बजे  रक्तदानको आयोजना गर्दैछ । 'एड-डे'को मुख्य प्रायोजन बिजमान्डु र सह˗प्रायोजन अम्बे स्टिलले गरेको छ र मूलधारका नेपाली राष्ट्रिय दैनिकहरु र नेपाली स्याटलाइट टेलिभिजनहरु, अनलाईन पोर्टलहरु र रेडियोहरुको समेत साझेदारी छ ।



Author

थप समाचार
x