कर्पोरेट

वाई वाई ग्लोकल टिन हिरो नेपालको आवेदन खुल्यो

इकागज |
जेठ ३०, २०७८ आइतबार १४:३० बजे

काठमाडौँ : ग्लोकल प्रालिले ‘वाई वाई ग्लोकल टिन हिरोको सातौँ संस्करणका लागि आवेदन खुलाएको छ । वाई वाई ग्लोकल टिन हिरोमाजसले किशोर किशोरीहरूको कायलाई पहिचान गरी उनीहरूको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ ।

ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १ मा हुने अनलाईन अवार्ड महोत्सव र सम्मेलन मार्फत घोषणा गर्ने आयोजकले जानकारी दिएको छ ।
यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागि थप ऊर्जा प्रदान गर्नेछ ।

नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ६ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ । 



Author

थप समाचार
x