कर्पोरेट

रियलमीले बजारमा ल्यायो फ्ल्यागशीप किलर रियलमी जिटी

इकागज |
असार २, २०७८ बुधबार १५:५४ बजे

काठमाडौँ : रियलमीले आधिकारिक रुपमा विश्व बजारमा बहुप्रतिक्षित मोबाइल फोन रियलमी फ्ल्यागशीप किलर सार्वजनिक गरेको छ ।
 
जीटी सिरिज र पहिलो क्वालकम स्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित छ । फ्लागशिप उत्पादनका साथै मध्यम देखि उच्च सेग्मेन्टको यस ब्राण्डमा मुख्यगरी गति–प्रेरित डिजाइन, सशक्त ऊर्जा शक्ति र निरन्तर स्थिर प्रदर्शन तीन विशेषता छ ।

उद्घाटन समारोहमा बोल्दै कम्पनीका सीईओ स्काई लीले भने, ‘विश्वभरका रियलमी प्रयोगकर्ताका लागि फ्लागशिप किलर ल्याउन पाउँदा खुसी छौँ, वर्षको शुरुवातमा घोषणा गरेअनुसार मध्यमदेखि उच्च सेग्मेन्टको फोनको विभाजनका लागि द्वैत प्लेटफर्म– द्वैत फ्लागशिप रणनीतिअनुसार यसलाई सार्वजनिक गरिएको हो ।’ 

उपभोक्ताका लागि अधिकतम फ्लागशिप सुविधा प्रदान गरेर विश्वव्यापी रुपमा रियलमीको अत्याधुनिक प्रविधिको पहुँच प¥याई दैनिक जीवन सशक्तिकरण गर्ने कम्पनीको लक्ष्य रहेको त्यही प्रतिवद्धता अनुसार आफुहरु अघि बढिरहेको उनले बताए । 


गति–प्रेरित डिजाइन
यसको डिजाइन ग्राण्ड टुरर्स (जीटी) स्पोर्ट कारमा आधारित छ, जसले उच्च गति, लामो दूरी लगायतका असाधारण विलासी प्रदर्शनीका लागि उत्कृष्ट मानिन्छ । यही अवधारणा अनुरुप रियलमीको जिटी सिरिजको यस फोनमा पछाडि पट्टि थ्रीडी लाइट प्रतिविम्ब गर्ने आकृतिका साथ ग्लास कभरको  डिजाइन र फोनको लम्बाइमा भेगान–लदर संस्करणको खोल छ जसमा तेज रफ्तारको संकेत प्रतिविम्बित गरिएको छ । 

जोशिलो नीलो र जोशिलो चाँदी रंगको गरी ग्लास भर्जन दुई कलरमा आएको छ । फोनको पछाडि सुटिङ एरो प्याटर्न देख्न सकिन्छ, जुन गति र प्रगतिशीलताको प्रतीक हो । 

यसैबीच भेगान लेदर संस्करण रेसिङ एलो रंगमा उपलब्ध छ, जुन मोबाइल फोन डिजाइनमा एकदमै विरल रङ्ग हो । यो डवल टोन लेदर डिजाइनमा निर्माण भएको पहिलो उत्पादन हो, जुन अद्धितीय डिजाइन मात्र नभएर डिलक्स लुक्सका साथै फ्रिङ्गगरप्रिन्ट प्रतिरोध, एन्टी सोडर तथा एन्टी क्रयाक फिचर्सहरु रहेका छन् ।

सशक्त ऊर्जा शक्ति
रियलमी जीटी क्वालकम स्न्यापड्रागन ८८८ रहेको छ, जुन सम्भवतः सबैभन्दा परिस्कृत चिप हो । जसमा नयाँ प्रभावशाली एलपीडीडीआर ५ आरएएम र उच्चस्तरीय युएफएस ३.१ स्टोरेज रहेको छ । जसले विश्वभरका प्रयोगकर्ताका लागि फ्लागशिप ग्रेड प्रदर्शनका लागि काम गर्छ । 

उन्नत प्रोसेसिङ टेक्नोलोजीका साथ रियलमी जीटीेमा जडित क्वालकम स्न्यापड्रागन ८८८ चिपले मोबाइल फोनलाई एआई कम्प्युटिङ पावरमा परिस्कृत संस्करणका रुपमा अघि सारेको छ । बलियो र ठूलो कोर्टेक्स एक्स वान कोर र तीन नयाँ संस्करणको उच्च प्रदर्शन गर्ने  ए७८ कोरहरुले गर्दा फोनको सीपीओले सम्पादनलाई २० प्रतिशतसम्म बढाउनका साथै ब्याट्री खपतलाई ५० प्रतिशतसम्म कम गर्न सहयोग पु¥याउँछ । 


Author

थप समाचार
x