राइटपाथको 'एजुकेशन कन्क्लेभ' मा विद्यार्थीको घुइँचो, सहभागीहरूको उत्साहजनक प्रतिक्रिया
काठमाडौँ- शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको ‘ग्रान्ड एजुकेशन कन्क्लेभ-२०२४’ को पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
शनिबार संस्थाको पुतलीसडकस्थित प्रधान कार्यालयमा आयोजित पहिलो कार्यक्रम दुई हजारभन्दा बढी विद्यार्थीहरूको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको हो । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफरहरूसहित संस्थाले कन्क्लेभ आयोजना गरेको थियो । बिहान १० बजेदेखि लागेको विद्यार्थीहरूको भिड साँझ समापन गर्दासम्म उत्तिकै मात्रामा देखिएको थियो । कन्क्लेभमा सहभागी विद्यार्थीहरूले विदेश अध्ययनसम्बन्धी विज्ञहरूबाट महत्त्वपूर्ण ज्ञान हासिल गरेका छन् ।
अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयहरूका प्रतिनिधिलाई एउटै छानामुनि राखेर राइटपाथले ‘ग्रान्ड एजुकेशन कन्क्लेभ-२०२४’ आयोजना गरेको हो । कार्यक्रममा सहभागी भएका प्रत्येक विद्यार्थीले राइटपाथबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यस्तै विदेश अध्ययन आवेदन शुल्कमा शतप्रतिशतसम्मको अफर दिइएको छ भने फ्री मुभी टिकट समेत प्रदान गरिएको छ । यसका साथै सहभागी विद्यार्थीहरूले अमेरिका लक्षित २५ हजारसम्मको छात्रवृत्ति अफरदेखि ६ हजार लाग्ने आइएल्टिएस जम्मा २०८१ रुपैयाँमै गर्न पाउने सुविधा पनि सहभागीहरूले प्राप्त गरेका छन् ।
राइटपाथकी ब्राण्ड एम्बेस्डर समेत रहेकी पूर्व मिस नेपाल अस्मि श्रेष्ठ तथा चर्चित गायिका अन्जु पन्तको उपस्थितिले कन्क्लेभको रौनकता अझै बढेको थियो । यी दुई प्रसिद्ध व्यक्तित्वहरूसँग फोटो खिच्न सहभागी विद्यार्थीहरू झुम्मिएका थिए ।
अध्ययनका लागि क्यानडा जाने सोचमा रहेका एक विद्यार्थीले कन्क्लेभमा सहभागी भएर आफूले धेरै फाइदा लिएको प्रतिक्रिया दिए । उनले भने, 'मैले क्यानडा अध्ययनका लागि आइएल्टिएस दिएर बसेको छु । आफ्नो सोच क्यानडा नै जाने भए पनि बजारमा सुनिएका विभिन्न कुराहरूले दुविधा उत्पन्न भएको थियो । आज युनिभर्सिटीकै सर/म्यामले गाइड गर्नु भएपछि धेरै कुरा बुझियो । अब थप रिसर्च गरेर प्रोसेसिङ गर्नेछु ।' आफूलाई कन्क्लेभ एकदमै लाभदायक भएको उनको भनाइ थियो ।
अमेरिकाका विभिन्न विश्वविद्यालयहरू बारे रिसर्च गरिरहेकी अर्की एक विद्यार्थीले आफ्नो अनुसन्धानलाई सहयोग पुर्याएको भन्दै राइटपाथलाई धन्यवाद दिइन् । कुन ठाउँ जाने ? कस्ता शैक्षिक संस्था छान्ने ? डकुमेन्ट बनाउँदादेखि अन्य आवेदन प्रक्रियासम्मका आफ्ना जिज्ञासाहरू मेटिएको उनले बताइन् । उनले यस्ता शैक्षिक मेलाहरूले विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने र भविष्यमा आउन सक्ने समस्या बाट बचाउने प्रतिक्रिया दिइन् ।
कन्क्लेभमा भेटिएका अन्य विद्यार्थीहरूले पनि आयोजकलाई सकारात्मक प्रतिक्रिया दिए । भर्खर प्लस टु को परीक्षा दिएकादेखि भाषा परीक्षा तयारी गरिरहेका, त्यस्ता परीक्षामा आवश्यक अंक प्राप्त गरिसकेकादेखि आफ्नो रुचि र क्षमता अनुसारको विषय पढाउने शैक्षिक संस्था छानिरहेकासम्मका विद्यार्थीहरू कन्क्लेभमा भाग लिन पुगेका थिए ।
सहभागी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू पनि राइटपाथको एजुकेशन कन्क्लेभमा लागेको घुइँचो देखेर उत्साहित थिए । केही प्रतिनिधिहरूलाई आफूसँग परामर्श लिने विद्यार्थीहरूको चाप व्यवस्थापन गर्ने मुस्किल परेको थियो ।
‘ग्रान्ड एजुकेशन कन्क्लेभ-२०२४’ को पहिलो दिनको भव्य सफलता पछि प्रतिक्रिया दिँदै राइटपाथ करियर काउन्सिलिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप डिसीले सहभागी विद्यार्थीलाई धन्यवाद दिए । उनले अपेक्षा गरे भन्दा निकै राम्रो सहभागिता देखिएको भन्दै उपत्यका बाहिर गर्न लागिएका कार्यक्रमहरूमा पनि त्यस्तै सहभागिता रहने विश्वास व्यक्त गरे । गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राख्दै आएको हुँदा कार्यक्रम बाट विद्यार्थीले अधिकतम लाभ लिने उनको भनाइ थियो ।
कन्क्लेभलाई देशका प्रमुख ७ सहरहरूमा पुर्याउने राइटपाथको तयारी छ । आज शनिबार काठमाडौँबाट सुरु भएको यो शैक्षिक मेला आगामी जेठ ८ गते ललितपुर शाखामा आएर समापन हुनेछ । यसबीचमा ३१ वैशाखमा धनकुटामा, ३ जेठमा हेटौँडामा, ४ जेठमा चितवनमा, ५ जेठमा बुटवलमा र ६ जेठमा दाङमा कन्क्लेभ सञ्चालन हुनेछ । यी प्रत्येक सहरका सहभागीहरूले माथि उल्लेखित अफरहरू प्राप्त गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया