Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

कर्पोरेट

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईमा साङ्गितिक कार्यक्रम आयोजना गर्दै

इकागज |
बैशाख ३१, २०८१ सोमबार १९:१२ बजे

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्स्फरले यही आउँदो मे १९ तारिखमा युएईस्थित बरदुबईको SK 7 क्लबमा साङ्गितिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरूले आफ्नो प्रस्तुति दिने छन् । चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेस मनी ट्रान्स्फरका ब्रान्ड एम्बेस्डर जितु नेपाल,  चर्चित आधुनिक गायिका मिलन नेवार, लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती श्री परियार र कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिने भएका छन् ।


सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दु:खको कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक वर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीहरूलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरले जानकारी दिएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्स्फरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।


Author

थप समाचार
x