के.सी.एल. अस्ट्यूट क्यापिटलमा गरिमा विकास बैंकको ५१.२ सेयर, गरिमा क्यापिटल नामाकरण गरिने
काठमाडौँ : गरिमा विकास बैंक र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिडेडबीच सेयर स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापश्चात् के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिडेडमा गरिमा विकास बैंक लिमिटेडको ५१.२ प्रतिशत सेयर स्वामित्व कायम भई उक्त कम्पनीलाई गरिमा बैंकको सहायक (सब्सिडरी) कम्पनीमा रूपान्तरण गरी गरिमा क्यापिटल नामाकरण गरिने भएको छ ।
शुक्रबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिडेडका तर्फबाट कम्पनीका अध्यक्ष दिपक पाण्डेयले हस्ताक्षर गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया