कर्पोरेट

'शिवम् कीर्ति समारोह २०८१' भव्यताका साथ सम्पन्‍न

इकागज |
असार २, २०८१ आइतबार १७:४३ बजे

काठमाडौँ- शिवम् सिमेन्टसले “शिवम् कीर्ति समारोह २०८१” भव्य रूपमा सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तरालपछि “उडान-समृद्धि र सहयात्राको” शीर्षकमा समारोह आयोजना गरिएको थियो ।

उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरू मध्ये सर्वोत्कृष्ट ३१ डिलरहरूलाई विभिन्न विधामा अवार्डहरूबाट सम्मान गरेको थियो । रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको थियो भने नेशनल अन्तर्गत त्रिनेत्र, सदावहार, कल्पवृक्ष्य अवार्ड दिइएको थियो र साथै उत्कृष्ट मध्येका सर्वोत्कृष्ट चार डिलरहरूलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो ।


समारोहलाई सम्बोधन गर्दै  कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरूले देखाएको धैर्यता र एक्यबद्धतालाई आधार मानेर शो शीर्षक राखिएको जानकारी दिए ।

जसमा शिवम् नेशनल डायमण्ड अवार्ड ललितपुरस्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेशनल गोल्ड अवार्ड सुशिल हार्डवेयर गोलबजारका प्रोपाइटर सुनिलकुमार सिंह र शिवम् नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राइजेज गठौनाका ईश्वरप्रसाद गुप्ताले जितेका थिए । त्यस्तै शिवम् सिमेन्टका सर्वोत्कृष्ट बिक्रेता अन्तर्गत शिवम् चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जितेका थिए ।

समारोहमा नेपालका चर्चित कलाकारहरूका साथै भारतका ख्यातिप्राप्त कलाकारहरू कृष्ण अभिषेक र सुदेश लेहरीले बेजोड मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । देशभरका वितरक तथा बिक्रेताहरूको बाक्लो उपस्थिति रहेको शो कार्यक्रममा मन्तव्य राख्दै शिवम् सिमेन्टसका अध्यक्ष गौरव गोयलले आपसी, सद्‌भाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिबद्धता जनाए ।

उपस्थित डिलरहरूले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरूबाट व्यापार, व्यवसायमा लागेका सम्पूर्ण उद्यमी, व्यापारीहरूलाई थप उर्जा र हौसला प्रदान गर्ने धारणा राखे ।


Author

थप समाचार
x