कर्पोरेट

शाओमीले नेपाली बजारमा भित्र्यायो रेडमी नोट १० एस

इकागज |
असार ६, २०७८ आइतबार १६:३३ बजे

काठमाडौँ : शाओमी नेपालले नेपाली बजारमा रेडमी नोट १० एस सार्वजनिक गरेको छ । २७ हजार रुपैयाँसम्म पर्ने यो मोबाइलमा स्लिक डिजाइन, स्टनिंग क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्ले छ । 

६ जीबीसहित ६४ जीबीको यो फोनको मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ छ । ६ जीबी+१२८ जीबीको यो स्मार्टफोनको मूल्य २६ हजार ९ सय ९९ रुपैयाँ छ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजरसौरभ कोठारीले भने, ‘रेडमीमा हाम्रा उपभोक्ताहरु हामीले गर्ने हरेक चीजको केन्द्रबिन्दुमा रहेका छन् जसले हामीलाई डेमोक्रो टाइजिङ टेक्नोलोजीको दिशामा निरन्तर काम गर्न अग्रसर बनाएको छ र अझै बढी सुलभ बनाएको छ ।’ मेडियाटेक हेलियो जी९५, ६४ एमपीको क्यामेरा सेटअप र राम्रो इमेज प्रोसेसिन्गको लागि न्यूनतम ६ जीबीको ¥यामको साथ हामी हाम्रो प्रयोगकर्ताहरुलाई आफुलाई मन पर्ने खेलहरु खेल्न र फोटोग्राफीलाई उच्च तहमा लगेर प्रोत्साहन गरेको उनले बताए । 

रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपको साथ आउँछ जसमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर छ । ११८ डिग्रीको फिल्ड अफ भ्यूको साथ रेडमी नोट १० एसले प्रयोगकर्ताहरुलाई ग्रुप फोटोहरु र ल्यान्डस्केप शट्सहरु सजिलै कब्जा गर्न मद्दत गर्दछ । क्यामेरा एप्लिकेशनको मीयुआई कस्टमाइजेसनलाई स्काइस्केपिंग, कलर फोकस, प्रो कलर र अल न्यू प्रो टाइम–ल्याप्स मोडका साथ नयाँ युगका सोसियल मिडिया व्रिmयटरहरुलाई निर्माण गरिएको छ । यो नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई एकदमै जटिल अवस्थाको प्रकाशमा पनि टाइम ल्याप्सहरु शुट गर्छ । रेडमी नोट १० एसले क्वालिटी सेल्फीका लागि १३ एमपीको फ्रन्ट इन–डिस्प्ले क्यामेराको सुविधा प्रदान गर्दछ ।

रेडमी नोट १० एसमा ५००० एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर इन–द–बक्स छ । यसले तपाईँलाई करिब ७८ मिनेटमा ०–१०० प्रतिशत चार्ज गर्न र ३० मिनेटमा उपकरणलाई ५४ प्रतिशत सम्म चार्ज हुन मद्दत गर्दछ । रेडमी नोट १०एस अल्ट्रा–ब्याट्री सेभिंग मोडको साथ आउँदछ जसले ब्याट्री लाइफलाई बचाउँछ ।



Author

थप समाचार
x