कर्पोरेट

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन

इकागज |
असार १४, २०८१ शुक्रबार २२:२ बजे

काठमाडौँ- हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालक समिति र बिजयबहादुर शाहबीच आपसी सहमतिअनुसार २०८१ असार १२ गतेको संचालक समितिको निर्णयले असार १३गतेदेखि लागू हुने गरी शाह कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट पदमुक्त भएका छन् । उनको नेतृत्वमा कम्पनी गैर–जीवन बीमा उद्योगको इतिहासमै पहिलो पटक मर्जर गराउन सफल भएको र उनका योगदानहरूका लागि सदैव आभारी रहने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।  

साथै उनको स्थानमा नायव प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले अर्को व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने जानकारी गराएको छ । 



Author

थप समाचार
x