कर्पोरेट

आईएसएमटी कलेजका ३९० जना विद्यार्थी दीक्षित

इकागज |
असार २४, २०८१ सोमबार १८:२१ बजे

काठमाडौँ- काठमाडौँस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । 

असार १६ गते सन्डरल्याण्ड विश्वविद्यालय (युनिभरसिटी अफ सन्डरल्याण्ड युके) का उच्च तहका प्रतिनिधिको प्रमुख आतिथ्यमा र अभिभावकहरूको उपस्थितिमा होटल याक एण्ड यतिमा सम्पन्न उक्त समारोहमा बीबीए (Business and Management), BHM, BSc. IT (CSE) उत्तीर्ण ३९० जना विद्यार्थी दीक्षित भएका छन् ।


समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विश्वविद्यालयले विशेष अवार्ड समेत प्रदान गरेको थियो ।​

आईएसएमटी ग्रुपले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभरसिटी अफ  सन्डरल्याण्ड कै सम्बन्धनमा कलेज संचालन गरी BBA (Business and Management), BHM, BSc. IT (CSE), BSc (Hons) Cyber Security and Digital Forensics र MBA कार्यक्रम सञ्चालन गरिरहेको छ ।


Author

थप समाचार
x