कर्पोरेट

नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा कप्तान रोहित पौडेल

इकागज |
साउन ४, २०८१ शुक्रबार २०:१४ बजे

काठमाडौँ- नेपालको शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग ब्रान्ड एम्बेसडर साझेदारीको घोषणा गरेको छ ।

यो साझेदारी विश्वव्यापी शिक्षामा नेपाली विद्यार्थीहरूको पहुँच वृद्धि गर्नका लागि गरिएको हो । खासगरी अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि कप्तान रोहित पौडेलसँगको सहकार्यले सत्य र तथ्यपरक जानकारी र सूचना सम्प्रेषण तथा परामर्श प्रदान गर्न थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।


नेपाली क्रिकेटको वृत्ति विकासमा सक्षम र प्रभावशाली नेतृत्व प्रदान गरिरहेका कप्तान रोहित नेपाली युवाहरूका रोल मोडल समेत हुन् । युवाहरूमा परिचित तथा प्रभावशाली रहेका रोहितले ब्रान्ड एम्बेसडरको रूपमा सशक्त भूमिका निर्वाह गर्दै शैक्षिक परामर्शको कार्यलाई गुणवत्ता र विश्वसनीय रूपमा अगाडि बढाउन सक्षम हुनेछन् भन्ने द नेक्स्टको विश्वास रहेको छ । खासगरी द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी निर्दिष्ट गरेका, योजना, कार्यक्रम र लक्ष्यहरूको प्राप्तिका लागि रोहितसँगको सहकार्य थप सुखद र प्रभावकारी हुनेछ ।

ब्रान्ड एम्बेसडर घोषणा कार्यक्रममा बोल्दै द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीका सीईओ सालिक राम भण्डारीले द नेक्स्ट एजुकेशनले सदैव टिम वर्क, गुणस्तर र पारदर्शितामा विश्वास राख्ने बताए । भण्डारीका अनुसार क्रिकेटमा पनि गुणस्तर, पारदर्शिता र टिमवर्क नै महत्वपूर्ण रहने हुँदा रोहितसँगको सहकार्यले नेपाली विद्यार्थीहरूले शैक्षिक परामर्शका क्षेत्रमा आवश्यक ज्ञान, सीप र जानकारी हासिल गर्न सक्षम हुनेछन् ।

त्यसैगरी नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडलले नेक्स्ट एजुकेशनसँगको साझेदारीमार्फत आफू सम्मानित भएको बताए । उनले जुन कम्पनीले नेपाली युवाहरूको जीवनमा वास्तविक मार्गदर्शन र काउन्सिलिङको क्षेत्रमा ठूलो भूमिका निर्वाह गरेको छ, त्यो कम्पनीसँग साझेदारी गर्नु आफ्ना लागि खुसीको विषय भएको बताए ।

नेक्स्ट एजुकेशन कन्सल्टेन्सी नेपालमा सञ्चालित एक अग्रणी शैक्षिक सेवा प्रदायक संस्था हो । बीस वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा कार्य गर्दै आइरहेको द नेक्स्टले नेपाली विद्यार्थीहरूलाई व्यक्तिगत शैक्षिक परामर्श, विदेशमा अध्ययन निर्देशन र परीक्षण तयारी लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।


Author

थप समाचार
x