कर्पोरेट

फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिसशिप प्रोग्रामको तेस्रो ब्याच सुरु हुँदै

इकागज |
साउन ४, २०८१ शुक्रबार २१:३१ बजे

काठमाडौँ- नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको  स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच सुरु हुन गइरहेको छ ।

यो कार्यक्रम विद्यार्थीहरूको मार्केटिङ तथा आन्ट्रप्रेनर्शिपको ज्ञान र व्यावहारिकता बीचको दूरीलाई कम गर्न डिजाइन गरिएको हो । फुडमाण्डुले यो भन्दा अगाडि सफलतापूर्वक २ ओटा स्टुडेन्ट अप्रेन्टिस प्रोग्राम सञ्चालन गरिसकेको छ भने तेस्रो संस्करण अगस्टको महिनाभरि सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।


यस कार्यक्रमबारे बोल्दै फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, 'हामी यस कार्यक्रम मार्फत युवा प्रतिभालाई प्रोत्साहन गर्न चाहन्छौँ । यस कार्यक्रम मार्फत हामीले विद्यार्थीहरूलाई व्यावसायिक दुनियाँको गहिरो बुझाइ दिने र उनीहरूको रचनात्मकतालाई प्रोत्साहित गर्ने लक्ष्य राखेका छौं ।'

एक महिनासम्म चल्ने यस स्टुडेन्ट अप्रेन्टिस प्रोग्राममा सहभागी विद्यार्थीहरू हप्ताको तीन दिन फुडमाण्डुको कार्यालयमा उपस्थित हुने गरेका छन् । उक्त समयमा विद्यार्थीहरूले रचनात्मक सोच बढाउने, योजना बनाउने, बजेटिङ, लजिस्टिक र ग्राहक अन्तरक्रिया सम्बन्धी व्यावहारिक अनुभव हासिल गर्दै आइरहेका छन् ।

यस कार्यक्रमको अघिल्लो संस्करणमा फुडमाण्डु टिमको सुपरिवेक्षण र निर्देशनमा विद्यार्थीहरूले मार्केटिङको व्यावहारिक ज्ञान प्राप्त गरेका थिए । उनीहरूले विभिन्न अन्तरक्रियात्मक प्रोजेक्टमा योजना र रणनीति बनाएर फुडमाण्डुको ब्रान्ड सचेतना र उपस्थिति वृद्धि गरेका थिए । 

फुडमाण्डुले आगामी ब्याचको लागि विद्यार्थीहरूको मार्केटिङ र आन्ट्रप्रेनर्शिप सम्बन्धी विस्तृत बुझाइ विकास गर्ने योजना बनाएको छ । कम्पनीले ती बुझाइलाई  व्यवहारमा कार्यान्वयन गर्न  र नयाँ अडियन्स पत्ता लगाउने कुरामा केन्द्रित रहने बताएको छ । 

स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच प्रति इच्छुक विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नको लागि निकै उत्साहित रहेको कम्पनीले  जानकारी दिएको  छ  ।


 


Author

थप समाचार
x