कर्पोरेट

नेपाल क्लियरिङ हाउस बीपीए अवार्डबाट सम्मानित

इकागज |
साउन ८, २०८१ मंगलबार २१:२५ बजे

काठमाडौँ- नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा ‘नेसनल बेस्ट प्रिजेन्टेड’ अन्तर्गत सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस क्षेत्रको विधातर्फ 'सर्टिफिकेट अफ मेरिट' प्रदान गरिएको छ । एनसीएचएलले आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो । 

अघिल्ला वर्षहरूमा समेत एनसीएचएलले आईक्यान तथा साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (एसएफए) बाट ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट' पुरष्कार प्राप्त गर्दै आएको छ । कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधैं आत्मसात् गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरूद्वारा प्रवर्तित कम्पनी हो । एनसीएचएलले हरेक वर्ष पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजरतर्फको प्रतिबद्धताको सम्मानस्वरुप उक्त अवार्ड पाएको हो ।


एनसीएचएलले आफ्ना ५२ सदस्य बैंक तथा वित्तीय संस्थाहरूमार्फत एनसीएचएल–ईसीसी, एनसीएचएल-आईपीएस, रिटेल पेमेन्ट स्विच (आरपीएस), कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई), कनेक्ट आईपीएस, कर्पोरेटपे / नेपालपे क्यूआर प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

साथै, यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी/पीएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरूलगायत १०० भन्दा बढी इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । हाल एनसीएचएलले एनपीएसअन्तर्गत नेसनल कार्ड स्विचर नेपालपे कार्ड पनि कार्यान्वयन गर्ने क्रममा रहेको जनाएको छ ।


Author

थप समाचार
x