कर्पोरेट

टेक्सास कलेजले गुरूचेला सफ्टवेयर प्रयोग गर्ने, एक्सविएससँग गर्याे सम्झौता

इकागज |
असार १०, २०७८ बिहीबार १३:४० बजे

काठमाडौँ : टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले पठनपाठनलाई डिजिटल बनाउन गुरूचेला सफ्टवेयर प्रयोग गर्ने भएको छ । एक्सटेन्ड बिजनेस सलुशन्स (एक्सविएस) ले विकास गरेको उक्त सफ्टवेयर प्रयोग गर्न टेक्सास कलेजले सम्झौता गरेको हो । सम्झौतामा  टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेल र एक्सटेन्ड बिजनेस सलुशन्सका प्रबन्ध निर्देशक चिरञ्जिवी अधिकारीले शुक्रबार हस्ताक्षर गरेका छन् ।

डिजिटल स्कूल प्रासंगिक सफ्टवेयर र सम्बन्धित टेक्नोलोजीहरूको प्रयोगमार्फत सम्पूर्ण शैक्षिक क्षेत्रलाई पूर्ण रूपमा सशक्त बनाउन एक्सटेन्ड बिजनेस सलुशन्सद्वारा लिइएको प्राथमिकतामध्ये एक भएको टेक्सास कलेज अफ म्यानेजमेन्टले उल्लेख गरेको छ । 


‘गुरुचेला’ नामक एकेडेमिक ईआरपी सफ्टवेयरमार्फत पूर्ण ‘डिजिटल स्कूल’ सञ्चालन गर्न सकिन्छ । एक्सबीएसले यसको राष्ट्रिय नेटवर्कमार्फत नेपालका विश्वविद्यालय, कलेज र स्कूलहरूको लागि लागत–प्रभावी र पूर्ण रूपले कार्यात्मक शैक्षिक ईआरपी सफ्टवेयर प्रदान गर्नेछ,’ सलुशन्सका प्रबन्ध निर्देशक अधिकारीले भने, ‘एक्सविएसले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा नेपालका मोडेल स्कूलहरूलाइ सफ्टवेयरको मूल्यमा अनुदान दिने योजना बनाएको छ ।’ 

कम्पनीका अनुसार स्कूल व्यवस्थापन सफ्टवेयर माध्यमिक र उच्च माध्यमिक विद्यालयहरूको व्यवस्थापन गर्न सघाउने छ । जारी महामारीका कारण नेपालमा विद्यालय र कलेजहरूले पूर्ण क्षमताले सञ्चालनमा कठिनाइ भोगिरहेको सन्दर्भमा यो कार्यले पठनपाठन सहज बनाउने अपेक्षा गरिएको छ ।

गुरुचेलाले अभिभावकलाइ आफ्ना छोरा–छोरीको दिनचर्या, विद्यालयका गतिविधि, सूचना प्रणाली, शैक्षिक क्यालेन्डर, पुस्तकालय, पुस्तक उपलब्धता, सूचनालगायतका जानकारी उपलब्ध गराउने कलेजका सीईओ पोखरलले बताए । 

यस्तै शुल्क, परीक्षा रिपोर्ट, उपस्थिति रिपोर्ट, प्रगति रिपोर्ट ,व्यवस्थापन रिपोर्ट, होस्टल शुल्क, मासिक शुल्क, यातायात शुल्क, अनलाइन कक्षा, विद्यार्थी र शिक्षकको उपस्थिति, अभिभावक– शिक्षक कुराकानी (च्याट), शिक्षण सामग्री, विषयहरु, पाठ, ई–पुस्तकहरू, अडियो, भिडियो, असाइनमेन्ट, गृहकार्य, परियोजना कामलगायतका सबै कुराहरूको ब्यवस्थापनमा यस सफ्टवेयरले सघाउने बताइएको छ । एक्सटेन्ड बिजनेस सलुशन्सले २० भन्दा बढी विद्यालयमा गुरूचेला सफ्टवेयर उपलब्ध गराइसकेको छ । टेक्सस कलेज यो सफ्टवेयर प्रयोग गर्ने पहिलो सूचना प्रविधि अध्यापन हुने कलेज हो । 
 


Author

थप समाचार
x