कर्पोरेट

बर्जरले ल्यायो चाडपर्व ग्राहक योजना ‘बर्जर नगद उत्सव’

इकागज |
भदौ ३१, २०८१ सोमबार १४:५ बजे

काठमाडौँ– बर्जर पेन्ट्स नेपालले मिस नेपाल वर्ल्ड २०२४ आश्मा के.सीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ । बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई १ लाख रूपैयाँसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

'चाडपर्व भनेको परिवारलाई एकै ठाउँमा ल्याउने समय हो र बर्जर पेन्ट्सले सुन्दर तरिकाले घर रंग्याउनु जस्तो चाडपर्व मनाउने राम्रो तरिका अर्को हुँदैन । यस अभियानमार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन चाहन्छौँ । हामीलाई विश्वास छ चाडपर्वलाई अझ विशेष बनाउँदै यस अभियान नेपालभरका परिवारमाझ रौनक बनेर फैलिने छ' बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर  राजीव रोयले भने ।  


यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेश, इजी क्लिन, वेदरकोट लङ्ग लाईफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरुमा मात्र लागु हुने बर्जर पेन्ट्स नेपालले जनाएको छ ।
 


Author

थप समाचार
x