Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

कर्पोरेट

शिवम् होल्डिङ्ग्सले पारित गर्यो रु. ११ करोड ६० लाख नगद लाभांस

इकागज |
कात्तिक १, २०८१ बिहीबार १२:२१ बजे

काठमाडौँ- शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत शेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङग्स लिमिटेडले आज असोज ३० गते आर्थिक वर्ष २०८०।८१ को बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

शिवम् होल्डिङ्ग्सका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको वार्षिक साधारणसभाले कम्पनीमा हाल कायम शेयरधनीहरुलाई ११ करोड ६० लाख नगद लाभाँस वितरण गर्ने प्रस्ताव र आव २०८०।८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गर्दै कम्पनीको आव २०८१।८२ को लेखापरक्षीण गर्न लेखापरक्षिकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरू माथि छलफल गरी साधारणसभाबाट सर्वसम्मत रुपमा पारित गरेको छ ।


शिवम् होल्डिङ्ग्सले नेपालकै सबैभन्दा ठूलो उत्पादन क्षमता भएको चिनियाँ विदेशी लगानीसमेतबाट स्थापना भई पूर्ण क्षमतामा सञ्चालनमा रहेको होङ्शी शिवम् सिमेन्टको उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ । उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जलविद्युत परियोजनाहरुमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरु अगाडि बढाइएको छ ।

त्यसैगरी शिवम् होल्डिङ्ग्सले जारी पुँजीको २० प्रतिशत बराबर हुन आउने शेयरहरु सर्व साधारणहरुलाई नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन दर्ता गरिसकेको छ । धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपश्चात नियमानुसार सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत संकलन हुने रकम समेतबाट मुनाफा आर्जन हुने थप अन्य परियोजनाहरूमा समेत लगानी गर्ने विषयमा कम्पनी सञ्चालक समिति र व्यवस्थापन पक्ष लागिरहेको छ।


Author

थप समाचार
x