कर्पोरेट

यूनाइटेड सिमेन्ट्सलाइ नेपालकै सर्वोत्कृष्ट ग्रेडको गुणस्तर प्रमाण पत्र

इकागज |
असार १८, २०७८ शुक्रबार १२:१४ बजे

काठमाडौँ : यूनाइटेड सिमेन्ट्स प्रा. लि., द्वारा उत्पादित "यूनाइटेड सिमेन्ट्स" ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ ।

५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्य सबै भन्दा उत्कृष्ट ग्रेड हो । यो दर्जा प्राप्त गरेसंगै यूनाइटेड सिमेन्ट्सले  गुणस्तरमा ठुलो फड्को मारेको उल्लेख गरेको छ । ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो । पारिवारिक घर निर्माण सहित गगन चुम्बी महल देखि, हाइड्रो पावर ड्याम, टनेल, बिशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु , बाटो निर्माणमा संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुने गरेको छ ।


युनाइटेड सिमेन्टसले  ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरि, आफै क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले बिगत ६ वर्ष देखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ ।


Author

थप समाचार
x