कर्पोरेट

एनसीएचएल र क्यानबीच एनपीएलको लागि साझेदारी

इकागज |
मंसिर १६, २०८१ आइतबार १४:११ बजे

काठमाडौँ- क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)बीच नेपाल प्रिमियर लिग २०२४ (एनपीएल २०२४) को Official Umpire Partner को रूपमा ‘NEPALPAY–नेपालको आफ्नै QR हुने गरी साझेदारी भएको छ ।

उक्त साझेदारीको घोषणा क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले शुक्रबार एक औपचारिक कार्यक्रममा  गरेका छन् । 


नेपालको पहिलो क्रिकेट लिग एनपीएल १५ मंसिर, २०८१ देखि टियूको क्रिकेट मैदानमा शुरु भएको छ । राष्ट्रिय स्तरको भुक्तानीको पूर्वाधारहरु प्रदान गर्दै आएको एनसीएचएलले नेपाली क्रिकेटलाई समर्थन गर्न नेपालपे क्यूआरमार्फत एनपीएल २०२४ मा औपचारिक रुपमा आवद्ध भएको छ । उक्त साझेदारीले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्नुका साथ यसको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । 

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको NepalQR मापदण्ड कार्यान्वयन गर्न, NEPALPAY QR  एक स्वतन्त्र QR स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्दै आएको छ  ।


Author

थप समाचार
x