क्रिमसन टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ प्रदान

क्रिमसन टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ प्रदान गरिएको छ । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुमको ग्राण्ड फिनाले कार्यक्रममा क्रिमसन टेकलाई स्टार्टअप आइसिटी अवार्ड २०२४ प्रदान गरिएको हो ।
स्टार्टअप आइसिटी अवार्ड आईटी प्रडक्ट, सर्भिसेस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ । यस विधामा विगत ५ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
कम्प्युटर भिजन, एआई, मेसिन लर्निङ, अटोमेसन, सफ्टवेयर डेभलपमेन्ट, डिजाइन, आईओटी लगायतका सेवा प्रदान गर्दै आएको आईटी कम्पनी हो, क्रिम्सन टेक ।
सन् २०२२ मा स्थापना भएको कम्पनीले बनाएका प्रडक्टहरू नेपालसहित भारतका विभिन्न निर्माण उद्योगमा प्रयोग भइरहेका छन् । ललितपुरमा कार्यालय रहेको क्रिम्सन टेकमा १५ जनाले रोजगारी पाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया