कर्पोरेट

नबिल बैंक र यूनाईटेड फाइनान्सको आजदेखि एकीकृत कारोबार

इकागज |
असार २७, २०७८ आइतबार १४:३ बजे

काठमाडौँ : नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पूरा गरेपछि आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ ।  आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष  उपेन्द्रप्रसाद पौडेल र बसन्तकुमार चौधरीले एकीकृत कारोबार सुरु गरेका हुन् ।

नबिल बैंकका अध्यक्ष पौडेलले सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको जनाए ।
‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’अध्यक्ष पौडेलले बताए ।


युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ । कुल पुँजीकोष ३२ अर्ब ६८ करोड रुपैयाँ हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धी भइ १३५ हुनेछ । एटिएम संख्या भने १८३ हुनेछ ।


Author

थप समाचार
x