कर्पोरेट

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने योजना छैन : पर्यटन मन्त्रालय

इकागज |
असार २७, २०७८ आइतबार १७:१९ बजे

काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने कुनै पनि योजना नरहेको दाबी गरेको छ । आइतबार मन्त्रालयले विज्ञप्ति जारी निगमलाई निजीकरण गर्ने विषयमा छलफल नभएको समेत जानकारी दिएको छ ।

नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेको कार्यहरूको सम्बन्धमा विभिन्‍न महानुभावहरूबाट भ्रमपूर्ण सूचना तथा समाचारप्रति मन्त्रालयले आपत्ति जनाएको छ । निगमलाई  निजीकरण गर्न लागेको भन्दै केही दिनदेखि यता कर्मचारीहरूले विरोध गरिरहेका थिए । 


यो पनि

नेपाल वायुसेवा निगम विघटन गरी व्यापारीलाई दिने सरकारको तयारी
 


Author

थप समाचार
x